[dropcap]व[/dropcap]लिउड सुपर स्टार नायक अक्षय कुमारलाई नेपालको वौद्दनाथ असाध्यै मन परेको छ । आफ्नै कोठा नजिक भएर होला उनको नजर सबैभन्दा पहिले वौद्दनाथ स्तुपामा पर्न गयो । शुक्रवार नेपाल आएका उनि वौद्दको होटल हायातमा बसेका छन् । उनको कोठाबाट देखिने वौद्दनाथको दृश्य हो यो जुन अक्षयले आफ्नो इन्स्टाग्राम अकाउण्टमा शेयर गरेका छन् ।
इन्स्टाग्राम अकाउण्टबाट वौद्धनाथको फोटो सेयर गर्दै उनले भनेका छन्,’एमेजिङ वेलकम इन नेपाल ।’ वौद्दनाथलाई ‘विश्वका सुन्दर धार्मिक स्थल’ भनेका छन् । अक्षय निर्देशक निरज पाण्डेको नयाँ फिल्म सुटिङका लागि नेपाल आएको बुझिएको छ । छायांकन कुन स्थानमा हुन्छ खुलाईएको छैन ।