‘कबड्डी’ र ‘नोभेम्वर रेन’ दोश्रो सातामा प्रवेश



[dropcap][/dropcap]त साता रिलिज भएका दुई नेपाली नेपाली चलचित्र ‘कबड्डी’ र ‘नोभेम्वर रेन’ दोश्रो सातामा चलिरहेका छन् । गतिलो सम्भावना सहित यि दुई चलचित्रको साथमा दुई हप्ता अघि प्रदर्शनमा आएको ‘नाई नभन्नु ल’ पनि केहि हलमा प्रदर्शनमा छ । निर्माता निश्चल बस्नेतका अनुसार काठमाण्डौ उपत्यका बाहिर २५ र काठमाण्डौमा १५ हलमा ‘कबड्डी’ चलिरहेको छ भने निर्माता सुवास गिरीका अनुसार ‘नोभेम्वर रेन’ काठमाण्डौमा १६ र बाहिर २६ हलमा चलिरहेको छ ।

kabaddi

नेपाली मौलिकपना समेटेको तथा गाउँलेपनालाई जोड दिएकोले पनि ‘कबड्डी’ले दर्शकको साथ बलियो पायो । रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङको मुख्य अभिनय रहेको छ ।

rain
त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङको मुख्य अभिनय रहेको छ । चलचित्रमा निमाता सुबास गिरी र नायक आर्यनको संयुक्त लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu