काठमाडौं। व्यापारमा गजबको उत्साहसहित नेपाली चलचित्र ‘महाजात्रा’ दोस्रो सातामा प्रवेश गरेको छ। निर्माताले दिएको जानकारी अनुसार पहिलो हप्ता यो चलचित्रले ६ करोड २४ लाखको व्यापार गरेको छ।
यो चलचित्रले रिलिजको पहिलो दिन नै १ करोड २३ लाख बराबरको ग्रस व्यापार थियो। नेपालको सबैभन्दा ठुलो चलचित्र हल चेन क्युएफएक्सले आफ्नो वेबसाइटमा सुपर हिट चलचित्रको ट्याग दिइसकेको छ।
दोस्रो हप्तामा पनि महाजात्राको व्यापारमा उत्साह कायम छ। यो चलचित्र सिरिजका अघिल्ला दुई चलचित्रहरू ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताको कारण पनि ‘महाजात्रा’ प्रतीक्षित थियो।
प्रदीप भट्टराई निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा, अर्बिन खड्का, अवन राज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्की लगायतको अभिनय रहेको छ।
षटकोण आर्ट्सको प्रस्तुतिमा बनेको यस चलचित्रका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्। निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। यसको स्क्रिप्ट कन्सल्टेन्ट मनोज पण्डित हुन् भने कलरिस्ट रेनिस फागो, सम्पादक मित्र डी गुरुङ, डीओपी पुरुषोत्तम प्रधान तथा ब्याकग्राउन्ड स्कोर रोहित शाक्य र शैलेश श्रेष्ठको रहेको छ। चलचित्रको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।