निर्देशक समाजको कार्यसमिती पुर्नगठन, श्रावण १६ मा साधारण सभा



DC[dropcap]बि[/dropcap]भिन्न पदाधिकारीहरुले राजिनामा दिएपछी हलचल मच्चिएको चलचित्र निर्देशक समाजको कार्यसमिती पुर्नगठन भएको छ । बुधवार बसेको कार्यसमितिको बैठकले राजिनामा स्विकृत भएसँगै रिक्त रहेको उपाध्यक्ष पदमा सुमन दाहाल र महासचिवमा निलहरी काफ्लेलाई नियुक्त गर्दै कार्यसमितीलाई पुर्नगठन गरिएको छ ।

निर्देशक समाजको विधान – २०५७ को प्रावधान अनुसार रिक्त सचिव पदमा डा. घनश्याम खतिवडा र सह- कोषाध्यक्षमा शेखर खनाल आएका छन भने सदस्यहरुमा सम्झना उप्रेती रौनियार र अमोल शर्मालाई ल्याईएको छ । यसअघी कोषाध्यक्ष रहेका दाहाल उपाध्यक्षमा आएसँगै उक्त पद योगेश घिमिरेलाई जिम्मा दिईएको छ । भने बाँकी दुई सदस्य पछि मनोनयन गरिने निर्णय भएको बताईएको छ ।

बैठकले नयाँ कार्यकालपछी भएका बिभिन्न प्रगती विवरण समेत सार्वजनिक गरेको छ । साथै श्रावण १६ गते समाजको साधारण सभाको मिति पनि तय भएको अध्यक्ष दिनेश डिसीले बताए।

पुनर्गठित कार्यसमिती यस्तो छः
१. अध्यक्ष –  दिनेश डिसी
२. निवर्तमान अध्यक्ष –  विमल पौडेल
३. उपाध्यक्ष –  सुचित्रा श्रेष्ठ
४. उपाध्यक्ष –  सुमन दाहाल
५. महासचिव –  नीलहरि काफ्ले
६. सचिव – डा. घनश्याम खतिवडा
७. कोषाध्यक्ष –  योगेश घिमिरे
८. सह कोषाध्यक्ष –  शेखर खनाल
९. सदस्य –  आर. बि. खत्री (शरद)
१०.सदस्य –  सम्झना उप्रेती रौनियार
११. सदस्य –  रक्षा सिंह राणा
१२. सदस्य –  महेश प्र. ढुङ्गेल
१३. सदस्य –  अमोल शर्मा

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu