निर्देशक समाजमा फेरी अर्को राजीनामा फिर्ता



mahesh-dhungel[dropcap]रा[/dropcap]जीनामा दिएका सदस्य आरबिके सदरले सोमवार राजिनामा फिर्ता लिएलगत्तै मंगलबार अर्का कार्यसमिती सदस्य महेश प्रसाद ढुंगेलले पनि राजिनामा फिर्ता लिएका छन्। उपाध्यक्ष र महासचिचव सहित छ जना पदाधिकारीले संयुक्त रुपमा राजिनामा दिएपछि हलचल भएको चलचित्र निर्देशक समाजमा राजीनामा फिर्ताको लहर चलेको छ।

लुकामारी खेलेजस्तै राजीनामा दिने र फिर्ता लिने क्रमले पदाधिकारीको राजीनामा पछि अप्ठेरोमा परेका अध्यक्ष दिनेश डिसी बलियो बनेका छन्। समाजको कार्यसमितिमा भएको त्रुटीहरु सच्याउनतर्फ नलागेर उल्टो समाजलाई नै फुटको संघारमा पुर्याइएको कुरालाई गलत भएको बताउँदै राजीनामा फिर्ता भएका छन्। शरद र ढुंगेलले उस्तै विषयलाई जोड दिँदै राजीनामा फिर्ता लिएका छन्।

निर्देशक समाजको कार्यालयमा आफ्नो राजिनामा फिर्ता लिँदै आगामी दिनमा समाजको कार्यसमितिकै निर्देशनअनुसार सम्पूर्ण काम कारवाही अगाडि बढाउने ढुंगेलले बताएका छन् । ढुंगेलको राजिनामा निर्देशक समाजले स्वीकृत गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu