घरबेटीको किचकिच सहन नसकेका ‘थ्री रुम पार्टनर’



3-room

[dropcap]वि[/dropcap]द्यार्थी जीवन त्यसै त कष्टकर हुन्छ, त्यो माथी घर छाडेर पढाई कै लागी भनेर शहरमा पस्नेहरुको पीडा धेरैको लागी सुन्न लायक मानिन्छ । कहिले पैसा नपुगेर पीडा त कहिले ‘घरबेटी’को कचकच । अब भने यो सबै परिवेशमा भिजेका नभिजेकासबैले पर्दामा नै यो सबै कुरालाई देख्न पाउने भएका छन । कोठा भाडामा लिएर बस्नुपर्दा भोग्नुपर्ने बिबिध समस्यामा आधारित रहेर चलचित्र ‘थ्री रुम पार्टनर’ निर्माण घोषणा गरिएको छ ।

यो चलचित्रको निर्माण युनिट अहिले वर्कसपमा व्यस्त छ । एस ईन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा मौसम कार्की र ए.डि. उज्जलको संयुक्त लगानीमा निर्माण हुन लागेको चलचित्रले शहरको यथार्थ परक विषय उठान गर्न लागेको बताईएको छ ।

यो चलचित्र मार्फत ‌+2 मा अध्ययनरत किशोरी रचना लामाले नेपाली रजतपटमा डेब्यु गर्दैछिन । आफ्नै उमेर समुहका साथीहरुको तथा बहालमा बस्ने सबैको अवस्थालाई आफ्नो तर्फबाट पर्दामा देखाउन पाउने अवसरलाई भर-मग्दुर मेहनतका साथ राम्रो सँग सदुपयोग गर्नै भन्दै रचनाले पहिलो पटक चलचित्रमा अभिनय गर्न लागेकोमा मन उत्साहित भएको बताईन । यो चलचित्रमा रचनासँगै मौसम कार्की, ए.डि. उज्जल, ओम क्षेत्री, लक्ष्मण भण्डारी, सुरविर पण्डित, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ ।

थ्रिलर कमेडी भनिएको यो चलचित्रको टिम वर्कसपबाट पुर्णतः खारिएर फ्लोरमा जाने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu