पत्नि सँगै बसेर रोए आर्यन



aaryan[dropcap][/dropcap]लचित्र नोभेम्वर रेनको निर्माण टिमले आइतवार राजधानीमा ‘प्रेश सो’को आयोजना गरेको थियो। उक्त शो मा संचारकर्मी तथा निर्माण युनिट सँगै बसेर सिनेमा हेरेका नायक आर्यन सिग्देल केहि दिन पहिले मात्रै लगनगाठोमा कसिएकी धर्म पत्नी सपना भण्डारी सँगै थिए। चलचित्र हेरिसकेपछि आर्यनले भने,’आज आफ्नै अभिनय हेरेर रोएँ। अन्तिममा आफु ढलेको दृश्यले मेरो मन भक्कानियो, सपनाको आँखा रसाएको देखेपछि मेरो मन पनि थामिएन।’

धेरै दर्शकले राम्रो भन्ने प्रतिक्रिया दिए सँगै उल्लेख्य व्यापार गरिरहेको यो चलचित्रमा आर्यनको साथमा नायिका नम्रता श्रेष्ठ अनि छुल्ठिम गुरुङको प्रेममा परेको देखाईएको छ। स्वास्थ्य समस्याका कारण चलचित्रमा ‘शितल’ र ‘डल्ली’ को प्रेमलाई स्वीकार गर्न नसकेका आयुष (आर्यन) लगायत सबैको अभिनयले जो कसैको आँखा पनि रसाउन सक्छ।

उक्त शो मा चलचित्र हेरिसकेपछि धेरैले चलचित्र राम्रो बनेको भन्दै आर्यन, छुल्ठिम अनि निर्माता सुवास गिरी र निर्देशक दिनेश राउतलाई बधाई दिएका थिए। नायिका नम्रता भने स्वास्थ्य समस्याका कारण उपस्थित थिइनन्।

प्रेम कथाको यो चलचित्रले रिलिज भएको दिन शुक्रवार देखि नै दर्शक को राम्रो साथ पाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu