दिनेशलाई ‘रेञ्जर’को च्यालेञ्ज



dinesh-jung-khadka

२०४५ सालमा पहिलो नाटक ‘शहिदको सपना’बाट कला तथा मनोरञ्जनको क्षेत्रमा पाईला अगाडी बढाएका दिनेश जंग खड्का अब भने पुनः अर्को चलचित्रमा मुख्य भुमिकामा देखिने भएका छन् । खड्कालाई निर्माण घोषणा गरिएको चलचित्र ‘रेञ्जर’मा मुख्य भूमिकामा देख्न पाईने छ । उनले यसअघी चलचित्र ‘शुट’मा मुख्य अभिनेताको रुपमा देखिएका थिए ।

उनले ‘तड्पिएका आत्माहरु’, ‘भोको घर’, ‘आस्थाको मन्दिर’, ‘सिपाही साली’ लगाएतका नाचघरमा प्रदर्शित करिव २० नाटकहरुमा मुख्य अभिनय गरिसकेका छन् । २०६२ सालमा ‘आस्थाको मन्दिर’बाट सह-अभिनेता अवार्ड हात पारेका उनले २०६३ मा ‘हराएकी पात्र’बाट मुख्य अभिनेता अवार्ड पनि जितेका थिए ।

खड्का करिव ४० वटा सडक नाटक तथा सुरज सुब्बाले निर्देशन गरेको नेपाल टेलिभिजनबाट प्रशारण भएको सुपर कास्टिङ् कम्पिटिशनमा सहभागी करिव ३००० प्रतियोगी मध्ये टप १० मा पर्न सफल पर्न सफल भएका थिए ।

‘रेञ्जर’ फ्लोर जाने तयारीमा छ । केसीले ”रेञ्जर’मा आफ्नो च्यालेञ्जिङ् रोल भएको बताएका छन् । यसअघी करिव १५ म्यूजिक भिडियोमा पनि अभिनय गरिसकेका केसीले ‘रेञ्जर’ भने कस्तो अभिनय गर्ने हुन् त्यो चलचित्र बनिसकेर हलमा आइसकेपछी थाहा होला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu