अमेरिकाका नेपाली हँसाउन जाँदै ‘कमेडी च्याम्पियन’हरू



काठमाडौँ।
हास्य कलाकारहरू सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल,मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापाले अमेरिका यात्रा गर्ने भएका छन् । ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि उनीहरू अर्को हप्ता त्यसतर्फ जान लागेका हुन् । उनीहरू सबै चर्चित हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’सँग आबद्ध छन् ।

यी नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहरमा आयोजना हुने कार्यक्रमहरूमा सहभागिता जनाउनेछन् । यसबारेमा जानकारी दिन बिहीबार आयोजक संस्था फ्लाई नेपाले पत्रकार सम्मेलनको आयोजना गर्दै अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको बताइएको छ ।

यो यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु आयोजक संस्थाका विनोद अधिकारीले बताए । यस कार्यक्रममार्फत मनोरञ्जनसँगै सिपसहित नेपाल फर्कन आह्वान गर्ने उद्देश्य रहेको उनले जानकारी गराए । “यो कार्यक्रम भनेको परदेशलाई घर देशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ “, अधिकारीले बताए ।

एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लसभेगास, लसएन्जल्स, सानफ्रान्सिस्को आदि सहरमा कार्यक्रम तय भइसकेको आयोजकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu