उद्योगपतिको युट्युब मोह



काठमाडौँ।
उद्योगपति तथा साहित्यकार वसन्त चौधरीले युट्युबमा अन्तर्वार्ता कार्यक्रम ल्याउने भएका छन् । हरेक शुक्रवार राती ८ बजे ‘मनका कुरा विथ वसन्त चौधरी’ नामक कार्यक्रम सञ्चालनको उद्घोष गरेका हुन् । सिजी इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमा उनले यो कार्यक्रम प्रसारण गर्नेछन् ।

‘जीवन एउटा यात्रा हो । जीवन यात्राका क्रममा धेरै ट्वीस्ट हुन्छन् । तथापि आफूले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिरहनुपर्छ, यही अनवरत प्रयत्नले गर्दा नै मैले पनि व्यापार व्यवसायबाहेक मेरो मनले रोजेको सिर्जना यात्रामा केही पाइला हिँड्न सकेँ,’ कार्यक्रम उद्घोष गर्दै उनले भनेका छन् । उनले आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनाहरूमा उतारेको बताएका छन् । उनले भनेका छन्,‘मलाई तपाईँका मनका कुरा सुन्न मन लाग्यो । तपाईँका मनका कुरा अरूलाई पनि सुनाउन मन लाग्यो ।’

उनले यस कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको सङ्घर्ष तथा जीवन यात्राका आरोह-अवरोह पस्कने बताएका छन् । जसका लागि उनले मनीषा कोइराला, सुरक्षा पन्त, दीपक बज्राचार्य, उद्यमी विदुषी राणा, वरिष्ठ कलाकार निर शाह, मान्सी अग्रवाल, गायिका आनी डोल्मा, रुबी राणा लगायतको अन्तर्वार्ता तयार गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu