पोखरा र हेटौडामा बिहिवार नै ‘कबड्डी’ रिलिज, राजधानीमा प्रिमियर



kabaddi

देशव्यापी नै शुक्रवार रिलिज हुने भनिएको नेपाली चलचित्र ‘कबड्डी’ पोखरा र हेटौडामा भने बिहिवार नै रिलिज भएको छ। लोकतन्त्र दिवसमा हुने सार्वजनिक बिदाको फाईदा उठाउँदै बिहिवार नै रिलिज गरिएको हो।

राजधानीमा पनि रिलिजको कसरत गरिएपनि प्रचार-प्रसारमा शुक्रवार नै फोकस गरिएकोले शुक्रवार नै रिलिज हुने निर्माता तथा अभिनेता निश्चल बस्नेतले बताए। बिहिवार साँझ राजधानीमा हुन लागेको ‘कबड्डी’ प्रिमियरका कारण पनि बिहिवार रिलिज नगरिएको बस्नेतले बताए। शुक्रवारबाट बाँकी शहरमा ‘कबड्डी’ रिलिज हुँदैछ। रामबाबु गुरुङ् निर्देशित ‘कबड्डी’मा दयाहाङ् राई, निश्चल बस्नेत, रेश्मा गुरुङ् लगाएतको अभिनय रहेको छ।

‘कबड्डी’ अर्को आशातित चलचित्र ‘नोभेम्वर रेन’सँग भिड्दै छ। आर्यन सिग्देल र सुवास गिरीको लगानी रहेको सो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्। आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ् लगाएतको अभिनय रहेको ‘नोभेम्वर रेन’को संगीत चर्चामा छ।

बिहिवार साँझ राजधानीको कुमारी हलमा ‘कबड्डी’ प्रिमियर हुँदैछ। सञ्चारकर्मी सहित बिशिष्ट व्यक्तित्वको उपस्थितीमा साँझ पाँच बजे प्रिमियर हुँदैछ। यसैबीच यो चलचित्रको ‘कार्टुन स्टाईल’को प्रोमो पनि सार्वजनिक गरिएको छ। बिशेष गरि टेलिभिजनमा स्क्रोलिङ् विज्ञापनमा आउने कार्टुन ‍विज्ञापनलाई युट्युब मा पनि राखिएको छ।

कार्टुन प्रोमो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu