‘पर्खि बसेँ तिमीलाई’का दुई पोस्टर सार्वजनिक



काठमाडौँ। दीपक श्रेष्ठको २७औँ निर्देशकीय चलचित्र ‘पर्खि बसेँ तिमीलाई’का दुई पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा अभिनेता शिव श्रेष्ठसहितका अभिनेता किरण श्रेष्ठ, अभिनेत्री रक्षा बुढाथोकी लगायतलाई राखिएको छ।

यही पुस २७ गते रिलिज हुने यस चलचित्रमा अनिशा रसाइली, विल्सन विक्रम राई, मनिष श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ। किरण र रक्षा दुवैले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन्।

चलचित्रका निर्माता राजाराम बुढाथोकी हुन् भने सह निर्माता कोमल गुरुङ हुन्। यसमा परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुङ्गेलको लेखन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, सङ्कल्प भुजेलको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन, निशा रसाइली र रामजी लामिछानेको नृत्य निर्देशन छ । 

चलचित्र ‘बादल पारी’को कालजयी गीत ‘कालो चस्मा लाऊ है मैयाँ विशाल बजारको’लाई रि-एरेञ्ज चलचित्रमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu