पाठकको पार्थिव शरीरमा कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली



काठमाडौँ।
नेपाली चलचित्रका अभिनेता प्रकाश पाठकको पार्थिव शरीरमा चलचित्र कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ । ७९ वर्षको उमेरमा मङ्गलवार निधन भएका उनको मङ्गलवार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले पशुपति आर्यघाटमा पुगी झन्डा अर्पण गरेका हुन् ।

क्यान्सर पीडित पाठकले मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका चलचित्रहरूमा अभिनय गरेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu