बाबु र छोरीको सम्बन्धको चलचित्र ‘चित्रा’को टिजर रिलिज



काठमाडौँ।
घनश्याम लामिछाने निर्देशित नेपाली चलचित्र ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै बाबु छोरीको कथामा बनेको सो चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान देखाइएको छ । यसमा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ ।

यस चलचित्रका निर्माता आशिष थापा मगर हुन् भने कलाकार सन्तोष आफैँ कार्यकारी निर्माता हुन् । यसमा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ भने राजनराज सिवाकोटीको सङ्गीत छ । महेश पौडेलको छायाङ्कन, बनिष शाह र सन्देश शाहको सम्पादन छ भने सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।

सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्रमा पार्श्व सङ्गीत शैलेश श्रेष्ठको छ ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu