‘पूजार सार्की’मा अन्जना र परिक्षा छानिए



काठमाडौँ।
दिनेश राउतले निर्देशन गर्ने चलचित्र ‘पूजार सार्की’मा दुई अभिनेत्रीहरू अनुबन्धित भएका छन् । पात्र छनौट प्रक्रिया मार्फत अन्जना बराइली र परिक्षा लिम्बुले यस चलचित्रमा प्रवेश पाएका हुन् ।

बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् । दुवैको भूमिका प्रमुख रहने निर्देशक राउतले बताए ।

यस चलचित्रमा लागि अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अनुबन्ध रहिसकेका छन् । दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ चलचित्रमा आउँदा यसले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । हालसम्म दर्शकलाई निराश नबनाएका निर्देशक राउत यस चलचित्रलाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउने दाउमा छन् ।

चलचित्रको माघ पहिलो हप्ताबाट छायाङ्कन सुरु हुनेछ । विकास सुवेदीले लेखेको यो चलचित्रलाई सङ्गीतकार सुभाष भुसालको बनाउँदै छन् । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् ।

भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश थियो ।

‘पूजार सार्की‘ किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu