कान्तिपुर सिनेमाजमा ब्रह्माण्ड स्ट्रिमीङ्ग हुँदै



काठमाडौँ।
नेपाली ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’मा ‘ब्रह्माण्ड’ शीर्षकको सिरिज स्ट्रिमीङ्ग सुरु भएको छ । टोपी स्टुडियोज पोखरा र कान्तिपुर फिल्म एकेडेमी काठमाडौँले निर्माण गरेको यो सिरिजमा पछिल्लो समय अभिनय कौशलताका कारण अत्यधिक रुचाइएका कलाकार अर्पण थापाको मुख्य भूमिका छ ।

ब्रह्माण्ड अर्पणको डेब्यु सिरिज हो । अर्पणसँगै सिरिजमा सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, राजन खतिवडा, विशाल पहारी सुरज विष्ट लगायतको अभिनय रहेको छ भने सञ्जय ढुङ्गाना र सुप्रज्ञा शर्माले यस सिरिजबाट डेब्यु गर्दैछन् ।

ब्रह्माण्डलाई सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले छायाङ्कन गरेका हुन भने यसका सम्पादक सुरेन्द्र पौडेल हुन् । सागरराज आचार्य र प्रकाश पुरीले मिलेर बनाएको यस सिरिजलाई रियाज नाटककारले लेखन तथा निर्देशन गरेका हुन् ।

यो सिरिज कान्तिपुर सिनेमाजको ओटीटी प्लेटफर्ममा मासिक २९९ रुपैयाँ तिरेर विश्व भरिबाट हेर्न मिल्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu