चलचित्र ‘नम्बरी सुन’ को गीत रिलिज



काठमाडौँ।
माघ १९ गते रिलिज हुने नेपाली चलचित्र ‘नम्बरी सुन’ को गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ । यसमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द र सङ्गीत छ ।

गीतमा चलचित्रका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । यस चलचित्रमा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने र राजेन्द्र गिरीको अभिनय छ ।

राजु गिरीको निर्देशन रहेको चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायाङ्कन, गौतम राज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेश पायल राई, प्रताप दास, शान्ति श्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर, समीर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ ।

नारायण खाती प्रस्तुत कर्ता रहेको फिल्ममा सरोज खाती, सबिन खाती र मनोज रिजाल निर्माता छन् । फिल्मलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu