मण्डलामा ‘पगला घोडा’ मञ्चन हुने



काठमाडौँ।
मण्डला नाटक घरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । सो नाटकको जानकारी दिने हेतुले थिएटर आकारले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेदेखि माघ १२ गतेसम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ ।

भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दै छन् । पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ । यस संवेदनशील विषयवस्तुलाई दर्शक माझ कला मार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसहरूलाई सचेत गराउन यस नाटकको परिकल्पना गरिएको उनी बताउँछन् ।

नाटकमा रङ्गमञ्चका अब्बल कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत मञ्चमा देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा रहेका छन् ।

यस नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu