काठमाडौँ।
गायक समीर आचार्य र गायिका विन्दु पौडेलको आवाजमा रहेको गीत ‘चट्ट राम्रो’ सार्वजनिक भएको छ । यस गीतमा शब्द तथा सङ्गीत गायक आचार्यकै रहेको छ । गीतका भाका र शब्द पूर्वेली र पश्चिमेली मिसाएर लयबद्ध गरिएको छ ।
यस गीतको भिडियोमा चक्र बम र कुसुम शर्मा अभिनय रहेको छ । यसको निर्देशन तथा कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् ।
भिडियो: