काठमाडौँ।
गायक द्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले दुई गीतहरू सार्वजनिक गरेका छन् । शनिवार काठमाडौँमा एक समारोहको आयोजना गरी उनीहरूले आफूहरूले गाएको एक/एक गीत सार्वजनिक गरेका हुन् ।
गायक सत्यराज आचार्यले चलिरहेको शैली भन्दा पनि सङ्गीतको माधुर्ययतालाई बुझेर गीत तयार गरिएको बताए । उनले स्वर दिएको पागलपन बोलको गीतमा गायिका अञ्जु पन्तले स्वर दिएकी छन् । अर्को गीत मायामा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिएका छन् । गायक आचार्यले सिधै रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकोले पुराना गीत झैँ मिठास हराएको बताए ।
सार्वजनिक दुई गीतमा पदम लोहारले शब्द रचनाका अलावा अभिनय पनि गरेका छन् । सार्वजनिक दुई मध्ये ‘माया’ बोलको गीतमा अभिनेत्री पूजा शर्मा र अर्को गीत ‘पागलपन’मा अभिनेत्री शिल्पा मास्केले पनि अभिनय गरेका छन् । सिनेमा गीत झैँ निर्माण गरिएको भिडियोले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताए ।
गीत रिलिज कार्यक्रममा नेपाली गीत सङ्गीत क्षेत्रमा दिग्गज व्यक्तिहरूको सहभागिता थियो ।
भिडियो: