ऋचाको मायामा परेपछी के गरे मुकेशले ?



थुप्रै चलचित्रमा अभिनय गरेर पनि खासै जम्न नसकेका नायक मुकेश ढकाल यतिबेला प्रदर्शोन्मुख चलचित्र ‘माया गर ल’को सफलताको पर्खाइमा छन् । यो चलचित्रमा उनी कलेजको विद्यार्थीको रुपमा चुलबुले ठिटो बनेर देखिँदैछन् । यही बैशाख १९ बाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा मुकेशले नायिका ऋचासिंह ठकुरीसँग अनस्क्रिन रोमान्स गरेको पर्दामा देख्न सकिनेछ।

reecha-mukesh
कलेज पढ्दापढ्दै प्रेममा परेका युवा युवतीहरुको कथालाई जोडेको यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा ऋचा र मुकेशसँगै, भुपेन चन्द, सौजन्य सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र रामकेशर बोगटीको लगानीमा तयार भएको हो । चलचित्रमा सुरेश अधिकारीको संगीत रहेको छ । ठुलोपर्दा डटकमसँग कुरा गर्दै निर्देशक घिमिरेले यो चलचित्र दर्शकको मनमा बस्नेमा आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu