वर्षाले लिइन् क्यानोपी जिप लाइनको मज्जा



काठमाडौँ।
अभिनेत्री वर्षा राउतले काठमाण्डौँको चोभार स्थित मञ्जुश्री पार्कमा सञ्चालनमा ल्याइएको नेपालको पहिलो क्यानोपी जिप लाइनको मज्जा लिएकी छन् । सो जिपलाईनको उद्घाटनको लागि पुगेकी उनले दश मिनेट खेल्न समय लाग्ने करिब ४ सय मिटरको क्यानोपी खेलिन् ।

राउतले जिप लाइनको अनुभव पहिले एक पटक लिएको तर रोकी रोकी फरक फरक स्टेसनमा फरक फरक एडभेन्चर क्यानोपी खेल्दा भने बेग्लै मज्जा आएको प्रतिक्रिया दिइन् । चलचित्र छायाङ्कनको क्षेत्रमा भएको कारण यसले थप माइलेज पाउने उनले बताइन् ।

चार करोड लगानीमा निर्मित क्यानोपी जिप लाइनलाई जे.बी एडभेन्चरले सञ्चालनमा ल्याएको हो । प्रविधिका हिसाबले जापानी प्रविधि र नेपालकै प्रख्यात विज्ञहरूबाट सञ्चालनमा ल्याएको र सुरक्षाको हिसाबले पनि नमुना रहेको दाबी कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu