अभिनेता पल शाह विरुद्धको मुद्दा सर्वोच्चद्वारा दोहोर्‍याएर हेर्न अनुमति



काठमाडौँ।
सर्वोच्च अदालतले अभिनेता पल शाह विरुद्धको जबरजस्ती करणी मुद्दा दोहोर्‍याएर हेर्न अनुमति दिएको छ ।

शाहले नाबालिग बलात्कार गरेको भनी दायर सो मुद्दामा फैसला उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै मंसिर २२ गतेको न्याधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही संयुक्त इजलासले फैसला दोहोर्‍याएर हेर्न अनुमति प्रदान गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले फैसला दोहोर्याएर हेर्न पाउँ भनी दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले अनुमति प्रदान गरेको हो ।

शाहले आफुलाई जबरजस्ती करणी गरेको भनी एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् । सो मुद्दामा शाहले झण्डै एक वर्ष पूर्पक्षका लागि थुनामा बसेका थिए । उनले उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासबाट सफाई पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu