
काठमाडौँ।
गत वर्ष रिलिज भएको नेपाली चलचित्र ‘के घर के डेरा’को सिक्वेल बन्ने भएको छ । ‘के घर के डेरा: घर नं २’ नामक सो चलचित्रलाई पनि अघिल्लो चलचित्रका निर्देशक दीपेन्द्र के. खनालले नै निर्देशन गर्नेछन् ।
शुक्रवार घोषणा गरिएको यो चलचित्र ‘कर्नाली ब्लुज’ लगायतका पुस्तकका लेखक बुद्धि सागरले लेखेका हुन् । आगामी तिहारमा रिलिज लक्ष्य राखिएको सो चलचित्र पूर्ण सिक्वेल भने नहुने बताइएको छ । निर्देशक खनालले चलचित्रको शीर्षक ‘घर नं २’ अनुसार नयाँ कथामा बन्ने बताएका छन् ।
यस चलचित्रको अहिले कथा लेखनको चरण रहेको छ । कलाकारहरूको विषयमा कुनै निर्णय भई नसकेको बताइएको छ । यस चलचित्रलाई ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको संयुक्त निर्माणमा बन्नेछ ।