
काठमाडौँ।
यो शुक्रवार फरक विषयमा बनेका दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ एकसाथ प्रदर्शनमा आएका छन् ।
सामाजिक प्रेमकथामा आधारित भएर बनेको ‘दुई कदम’लाई उदय सुब्बाले निर्देशन गरेका हुन् । यो चलचित्रबाट अभिनेतामा इओन लिम्बु र अभिनेत्रीमा सिमोन गिरीले डेब्यू गरेका छन् । सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल, प्रीतिका शर्मालगायतको पनि फिल्ममा मुख्य भूमिका रहेको छ ।
अजम्बरी फिल्मस्को ब्यानरमा तारा देवी लिम्बुको निर्माण रहेको चलचित्रमा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन छ । विक्रम डिसीको छायाङ्कन रहेको फिल्ममा आशिष अविरल, ताराप्रकाश लिम्बु तथा विकास चौधरीको सङ्गीत, डिपी खनालको गीत लेखन, कविराज गहतराज र रामजी लामिछानेको गीतमा कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन तथा प्रविन ढकालको सम्पादन छ ।
यसै गरी, साइकोलोजी-थ्रिलर जनरामा बनेको ‘जम्प’मा आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन छ । विनीता थापामगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शङ्कर महर्जन लगायतको अभिनय रहेको छ ।