कहिले रिलिज हुन्छ ‘जारी’ निर्देशक सुब्बाको अर्को चलचित्र ‘मनसरा’ ?



काठमाडौँ।
सुपर हिट चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको अर्को चलचित्र ‘मनसरा’ आगामी वर्षको वैशाख २१ गते रिलिज हुने भएको छ । शुक्रवार पोस्टर रिलिज गरिएको यस चलचित्रमा अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगरको अभिनय रहेको छ ।

यस चलचित्रमा मिरुना र दयाका अलावा प्रवीण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ हुन् ।

यसमा निमेष श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ्ग संयोजनको साथमा श्रवल राज पाण्डेको साउन्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu