‘षडङ्ग’ निर्देशक सुनुवारले चलचित्र ‘खजुरे ब्रो’ बनाउने



काठमाडौँ।
‘षडङ्ग’ निर्देशक सुरज सुनुवारले नयाँ चलचित्र बनाउने भएका छन् । शुक्रवार उनले ‘खजुरे ब्रो’ नामक चलचित्रको औपचारिक घोषणा गरेका छन् ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको सो चलचित्रको युनिटले बङ्गलामुखी मन्दिर पुगेर शुभ साइत गरेको छ । कमेडी जनरामा बन्ने चलचित्रको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ ।

नबिन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने चलचित्र माघ पहिलो साताबाट फ्लोरमा जाने बताइएको छ । चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरूको नाम भने निर्माण टिमले गोप्य नै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu