पुजाको एक्सनसहित ‘दान्भी’को टिजर रिलिज



काठमाडौँ।
नेपाली एक्सन चलचित्र ‘दान्भी’को टिजर रिलिज भएको छ । नायिका पुजा शर्माको प्रमुख भूमिका रहेको यस चलचित्रमा उनी एक्सन अवतारमा छन् ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा रुपेश तामाङको निर्देशनमा बनेको यस चलचित्रको टिजर सार्वजनिक गरिएको हो । सो कार्यक्रममा नायिका पुजा शर्मा र नायक कुन्साङ बोमजम उपस्थित थिए ।

जुना फिल्मस्को ब्यानरमा बनेको यस चलचित्रका निर्माताहरू देव मगर र अनुप गडाल हुन् । सह–निर्माता कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन कुँवर हुन् । यसमा रविना थापा मगरको कथा, सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालीको सङ्गीत, हरि बहादुर घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन छ ।

यस चलचित्रको रिलिज मिति भने तय भएको छैन ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu