‘परस्त्री’को हिन्दी संस्करण ‘एमएक्स प्लेयरमा’ रिलिज



काठमाडौँ।
नेपाली चलचित्र ‘परस्त्री’को हिन्दी संस्करण भारतको ओटीटी ‘एमएक्स प्लेयरमा’ रिलिज भएको छ । बिहीबार रिलिज भएको सो चलचित्रलाई संसारभरबाट हेर्न सकिनेछ ।

नेपालमा भने यो चलचित्र गत असार १५ गते रिलिज भएको थियो । यो चलचित्र छायाङ्कन नै नेपाली र हिन्दीमा गरिएको थियो । नेपाल रिलिज पछि चलचित्रका मुख्य ३ कलाकारहरू कोसिस क्षेत्री, गौरव विष्ट र शिल्पा मास्केको कामका प्रशंसा भएको थियो ।

श्रीमान् श्रीमतीको जीवनमा आउने उतारचढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने पिडाको कथामा चलचित्र निर्माण भएको छ । यस चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका छन् । कलाकार समेत रहेका उनको यो पहिलो निर्देशकिय चलचित्र हो ।

विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कटको कथावस्तुमा निर्माण भएको चलचित्रको नीरज कँडेल छायाङ्कन गरेका हुन् । चलचित्रमा कोसिस, शिल्पा र गौरवका अलावा अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल चलचित्रका लेखकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu