प्रमोदको ‘घर नभाको मान्छे’मा उषा र राजु



काठमाडौँ।
राजु अर्यालको शब्द तथा सङ्गीत तथा प्रमोद खरेल र रिता केसीको स्वरमा रहेको ‘घर नभाको मान्छे’ सार्वजनिक भएदेखि चर्चा पाइरहेको छ । गजल मन पराउने श्रोतामाझ यो गजल गीतले चर्चा पाइरहेको हो ।

गीतका शब्दले श्रोताको मन छोएको छ । यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । यसको भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतीले पर्दा शेयर गरेका छन् । उषासँगको प्रेममा आएको उतारचढाव भएपछि विरक्त लाग्दो जिन्दगीमा राजु गीत गाउँदै हिँडेको भिडियोमा देखाइएको छ ।

महेश पौडेलको निर्देशनमा तयार भएको भिडियोमा गोपाल रायको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन छ । उमा भट्टराईले यो भिडियोको निर्माण गरेकी हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu