चलचित्र ‘मायाका रङ्गहरू’ बन्ने, पलको प्रमुख भूमिका



काठमाडौँ।
चलचित्र ‘मायाका रङ्गहरू’ बन्ने भएको छ । केवल तामाङले निर्देशन गर्ने यो चलचित्रमा पल शाहले प्रमुख भूमिका निभाउनेछन् । यो चलचित्रको धेरैजसो छायाङ्कन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र काठमाडौँमा गरिने बताइएको छ । यो चलचित्रलाई इन्डो-नेपाली चलचित्र भनिएको छ ।

यसमा सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको सङ्गीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । ‘पर्यटन प्रवर्धनका लागि चलचित्र’ नारासहित बन्न लागेको यस चलचित्रमा ६० प्रतिशत चलचित्रकर्मी भारत र ४० प्रतिशत नेपालबाट रहने दाबी गरिएको छ । यसको भाषा नेपाली र हिन्दी दुवै हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu