‘दान्भी’को पोस्टर सार्वजनिक



काठमाडौँ।
नेपाली चलचित्र ‘दान्भी’को पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नहुँदै सार्वजनिक भएको पोस्टरमा अभिनेत्री पूजा शर्माले मेसिनगनबाट फायर गर्दै गरेको तस्बिर राखिएको छ ।

पूजाले एक्सन भूमिका निभाएको यो चलचित्र रुपेश तामाङको निर्देशन गरेका छन् । पवन राना मगर कार्यकारी निर्माता हुन् भने कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सह–निर्माता हुन् । यसमा सन्जोग रानाको संवाद, हरि लामा ‘घले’को छायाङ्कन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको सङ्गीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu