मोहनकृष्णको छैटौँ ‘पुनर्जन्म’



gajit-keki-aaryan

[dropcap][/dropcap]निन्छ, पटक-पटक असफल भएपनि सफलताको स्वाद चाख्नको लागी पुनः अर्को पटक प्रयास गर्नैपर्छ । यस्तै प्रकारले पाँचौं पटकसम्म पनि सिनेमा निर्माणमा हात हालेर सफलताको स्वाद नचाखेका निर्माता मोहनकृष्णले पुनः अर्को चलचित्र निर्माण गर्ने भएका छन् । श्रेष्ठ अब आफ्नो लगानी रहने छैटौं चलचित्र ‘पुनर्जन्म’को निर्माणमा जुटेका हुन् ।

पछिल्लो समय चपली गर्ल बिनिता बराललाई लिएर चलचित्र ‘फुलस्टप’ बनाएर सफल बन्न नसकेका श्रेष्ठले अब भने ठुलै आशाका साथ नयाँ चलचित्र ‘पुनर्जन्म’मा लगानी गर्न लागेका हुन् । यो चलचित्रमा उनीसँगै भद्र बहादुर शाही र शिव प्रसाद चौलागाइँको पनि लगानी रहनेछ ।

सत्य घटनामा आधारित भनिएको यो चलचित्रको कथा सुदर्शन श्रेष्ठले लेखेका हुन् । यही वैशाखको दोश्रो साताबाट फ्लोरमा जाने भनिएको यो चलचित्रलाई यसअघी सह-निर्देशन गर्दै आएका सजन श्रेष्ठले एक्शन कट गर्नैछन् ।

चलचित्रको लागी गजित विष्ट, केकी अधिकारी, आर्यन सिग्देल, देशभक्त खनाल, सुस्मिता शाही, सुरविर पण्डित, मिथिला शर्मा, लक्ष्मी गिरी लगायतका कलाकारहरुले अभिनय गर्ने टुंगो लागेको छ । यो चलचित्रमा बसन्त सापकोटाको संगीत रहनेछ भने नृत्य कमल राईको रहने छ ।

पटक-पटक चलचित्रमा गरेको लगानी ‘रिकभर’ गर्न नसकेका निर्माता श्रेष्ठको लगानीले पनि चलचित्रको नाम जस्तै ‘पुनर्जन्म’ पाओस् हाम्रो शुभकामना !!!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu