कङ्गारु बन्दै माग्ने बुढा



काठमाडौँ।
‘माग्ने बुढा’को नामबाट चर्चित हास्य कलाकार केदार घिमिरेले चलचित्र ‘कङ्गारु’मा अभिनय गर्ने भएका छन् । उनी सोमबार औपचारिक रूपमा नै सो चलचित्रमा प्रवेश गरेका हुन् ।

सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको यस चलचित्रमा उनले कस्तो भूमिका निर्वाह गर्छन् भन्ने बारे भने खुलाइएको छैन । यद्यपि घिमिरेले चलचित्रलाई हास्य प्रधान बनाउने भने निश्चित छ ।

राजीव गुरुङको प्रस्तुतिमा बन्ने यस चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दै छन् । प्रेम थापा र धन बहादुर गुरुङ निर्माता हुन् ।यसमा सीमा गुरुङको कथा तथा महेश दवाडीको पटकथा रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu