नेपाली फुटबलका संभावना देखाउँदै ‘वर्ल्ड कप इन नेपाल’



[dropcap]‘च[/dropcap]लचित्र वर्ल्ड कप इन नेपालले एन्फाले हालसम्म नदेखेका तथा अनुभव गर्न नसकेका अनेकन संभावनाहरुलाई औल्याएको छ, अब हामी चलचित्रमा समेटिए जसरी गाउँ गाउँ सम्म पुगेर नै बालकपनाको फुटवल क्रेजलाई समेट्ने कोशिस गर्नेछौं’, नेपाली फुटवलको संभावना तथा विश्वकप फुटवल खेल्ने सपनालाई जोडेर तयार चलचित्र ‘वर्ल्डकप ईन नेपाल’ हेरिसकेपछी नेपाली फुटवलको सर्वोच्च संस्था ‘एन्फा’ अध्यक्ष गणेश थापाले दिएको प्रतिक्रिया हो यो ।

चलचित्रको निर्माण टिमले राजधानीको कुमारी हलमा आयोजना गरेको प्रिमियरमा सहभागी अधिकांशले चलचित्रले ठुलो लगानीका बीच पनि राम्रो प्रगती गर्न नसकेको आरोप खेपिरहेको नेपाली फुटबलमा ठुलो संभावनाहरु देखाएको बताए । साथै चलचित्रले वालवालिकाको चाहनालाई अभिभावकले बुझ्नुपर्ने र मेहनत गर्न र अवसर दिएमा जस्तोसुकै प्रतियोगिता पनि टाढा नहुने खालको सन्देश पनि दिएको धेरैको प्रतिक्रिया थियो ।

तर, चलचित्र हेरिसकेपछी एन्फा अध्यक्ष थापाले चलचित्रमा देखाईएको जस्तो खेलाडी छनोटमा ‘कोच’को पुर्वाग्रही निर्णय नेपाली फुटवलमा नभएको दाबि गर्दै त्यो भने मान्न नसकिने बताए । निर्माण टिमले चाहेर ‘टेबलटक’ गर्न आएमा एन्फाले यो चलचित्रको लागि तथा यो प्रकारको चलचित्रहरुलाई सक्दो सहयोग गर्ने समेत थापाले प्रतिबद्धता जनाए ।

world-cup-in-nepal-poster

प्रिमियरमा एन्फा अध्यक्ष थापा सहित, नेपाली राष्टिय टिमका पुर्व कप्तान हरि खड्का सहित एन्फाका बिभिन्न पदाधीकारीहरु सहित तेक्वान्दो खेलाडी दिपक बिष्ट तथा चलचित्र सम्बद्ध बिभिन्न व्याक्तिहरुको समेत सहभागिता थियो । प्रिमियरमा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल अनि पुर्व मन्त्री हिसिला यामीले पनि चलचित्र हेरेका थिए । प्रकाश थापाको लगानिमा तयार यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका छन् ।

चलचित्रमा गोपाल अर्याल, शर्मिला शर्मा, सोनु केसी, संगम राई, कुलचन्द्र पुरी, गिरी प्रसाद पुन, गोपाल अर्याल, उमेश थापा, सुजन तामाङ् सहित एन्फाका अण्डर-१९ का बिभिन्न खेलाडीहरुको अभिनय रहेको छ । यो चलचित्र यहि बैसाख १९ बाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई काठमाडौंमा दर्शना आर्ट्सले र मोफसलमा एफडी कम्पनिले बितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu