‘दुई कदम’को तेस्रो गीत ‘ए मेरा बाबै नि’ सार्वजनिक



काठमाडौँ।
मङ्सिर २९ गते रिलिज हुने नेपाली चलचित्र ‘दुई कदम’को तेस्रो गीत सार्वजनिक गरिएको छ । मङ्गलवार सार्वजनिक ‘ए मेरा बाबै नि’ बोलको गीतमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता इओन लिम्बुको नृत्य रहेको छ । यस चलचित्रको लागि सिवाकोटी यही गीतमा मात्रै देखिने छिन् ।

यस गीतमा आशिष अविरलको सङ्गीत र स्वर एवम् निरुषा भट्टराईको शब्द रचना र स्वर रहेको छ । कविराज गहतराजे कोरियोग्राफी गरेका छन् ।

उदय सुब्बा निर्देशित यस चलचित्रमा इओनका अलावा सिमोन गिरी सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय रहेको छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायाङ्कन, ताराप्रकाश लिम्बु र विकास चौधरीको सङ्गीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीण ढकालको सम्पादन रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu