‘चित्रा’का तीन पोस्टर सार्वजनिक



काठमाडौँ।
घनश्याम लामिछाने निर्देशित चलचित्र’चित्रा’का तीन पोस्टर एकसाथ सार्वजनिक गरिएको छ । पोस्टरहरूमा अभिनेता सन्तोष अधिकारीसहित मुख्य अभिनेता द्वय अर्पण थापा र प्रमोद अग्रहरी, चार अभिनेत्रीहरू शुभेच्छा खड्का, मेनुका प्रधान, सिम्रन खड्का र अन्जना बराइली तथा बाल कलाकार आयुशी ढकाललाई राखिएको छ ।

बाबु छोरीको कथा प्रस्तुत गरिएको यस चलचित्रको शीर्ष पात्र ‘चित्रा’ भएता पनि अभिनेत्रीहरूमध्ये को चित्राको भूमिकामा छन् भन्नेबारे रहस्य छोडिएको छ ।

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो चलचित्रमा राजनराज सिवाकोटीको सङ्गीत छ । महेश पौडेलले छायाङ्कन गरेको फिल्ममा सम्पादन बनिश शाह र सन्देश शाहले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu