रणवीरले छोए नेपाली गायिका पौडेलको खुट्टा, सङ्गीतकी देवीको उपमा



काठमाडौँ।
बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको खुट्टा छोएका छन् । पछिल्लो समय इन्डियन आइडलमा सहभागी बनेर चर्चामा रहेकी पौडेलको बिहीबारको प्रस्तुति हेरेपछि कपुरले उनलाई ‘सङ्गीतकी देवी’ भन्दै प्रशंसा गरेका छन् ।

आफ्नो चलचित्र ‘एनिमल’को प्रचारको क्रममा कपुर र अभिनेत्री रश्मिका मन्दन्ना इन्डियन आइडल पुगेका थिए । सो क्रममा कपुरले पौडेलको खुट्टा छोएका थिए । मेनुकाले रणवीरको चलचित्र ‘तमाशा’को गीत ‘अगर तुम साथ हो’ गाएकी थिइन् । सो गीतपछि भावुक बनेका रणवीर र रश्मिकाले स्टेजमा गएर मेनुकालाई सम्मान दर्साएका हुन् ।

“मेनुकाजी मेरो नाम रणवीर हो । म तपाईँबाट आशीर्वाद लिन चाहन्छु । हामी श्रेयाजीलाई देवी भन्छौँ । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रूपमा उपस्थित हुनुहुन्छ”, स्टेजमा मेनुकालाई अँगालो हाल्दै रणवीरले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu