‘फर्की फर्की’ मेरो करिअरको नयाँ यात्रा हो: अनमोल



काठमाडौँ।
अभिनेता अनमोल केसीले निर्माणाधीन चलचित्र ‘फर्की फर्की’ आफ्नो करियरको नयाँ यात्रा रहेको बताएका छन् । शुक्रवार उनले प्रमुख अभिनय गर्ने चलचित्र ‘फर्की फर्की’को शुभ साइत समारोहमा केसीले दर्शकले लभ स्टोरीमा एउटा नयाँ स्वाद पाउने बताए ।

पत्रकारहरूसँग कुरा गर्दै केसीले भने, “फिल्म भनेको टेबलमा बन्छ । यो फिल्म पनि टेबलमै तयार भैसकेको छ । यसमा दर्शकले लभ स्टोरीमा नयाँ स्वाद लिनुहुनेछ । यो मेरो करिअरको नयाँ यात्रा पनि हो ।”

चलचित्रकी नायिका जसिता गुरुङले एउटा उत्कृष्ट लभ स्टोरी फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताइन् । उनले, अनमोल केसीसँग बल्ल जोडी जम्न लागेको भन्दै दर्शकले थुप्रै सरप्राइज पाउने बताइन् ।

केसी र गुरुङको मुख्य भूमिका रहने यस चलचित्रको ललितपुरको बङ्गलामुखी माई मन्दिरमा शुक्रवार बिहान शुभ साइत गरिएको हो । शुभ साइतमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरूले पूजा गरेका थिए । यसका प्रोडक्शन हेड शङ्कर पाण्डेले क्ल्याप हान्दै शुभ साइत भएको घोषणा गरे ।

यसको छायाङ्कन मङ्सिर ११ गतेबाट पोखराबाट सुरु हुने बताइएको छ । आगामी वर्षको जेठ ११ गते रिलिज तयारी गरिएको यसका निर्माता रोहित अधिकारी र ओम अग्रवाल हुन् । सुयोग गुरुङले कथा, पटकथा लेखन तथा चलचित्र निर्देशन गर्दै छन् । कृष्ण मल्ल, निर्मल शर्मा, बिन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको पनि यसमा अभिनय रहनेछ ।

यसै चलचित्रबाट रवि काफ्ले र समृद्धि अर्यालले डेब्यू गर्दै छन् । दुवैको यसमा प्रमुख भूमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu