सात करोड व्यापारसहित तेस्रो हप्तामा ‘दिमाग खराब’



काठमाडौँ।
नेपाली चलचित्र ‘दिमाग खराब’ले प्रदर्शनको तेस्रो हप्ताको यात्रा तय गरेको छ । दर्शकमाझ यो चलचित्रको प्रदर्शनी बिचमा नै रोकिने हो की भन्ने आशङ्का बिच चलिरहेको यो चलचित्र अब भने निरन्तर चल्ने भएको छ । बिहीबार नेपाल चलचित्र सङ्घ र नेपाल चलचित्र निर्माता सङ्घबिच नेपाली चलचित्र प्रदर्शनमा रहुन्जेल ५०-५० प्रतिशत शेयर बाँडफाँडमा सहमति जुटाएपछि यो चलचित्रको प्रदर्शन नरोकिने भएको हो ।

यो चलचित्रका निर्माता रौनक विक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले हलसँग विमति राख्दै विभिन्न मागसहित चलचित्रको प्रदर्शन स्थगित गर्ने चेतावनी दिएका थिए । उनीहरूले विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो सङ्ख्या र शेयर बाँडफाँड नगरेसम्म नेपालमा आफ्नो चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका थिए । साथै, पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाँड ५०-५० प्रतिशत हुने तर, तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडिने प्रथा हटाई तेस्रो हप्तादेखि पनि शेयर बाँडफाँड ५०-५० प्रतिशत हुनुपर्ने माग राखेका थिए ।

यो चलचित्रले उठान गरेका सबै विषयमा सहमति जुटेपछि अहिले निर्देशक बस्नेतले वाह वाही पाइरहेका छन् । उनले दशक अगाडी ‘लूट’ चलचित्र बनाएर चलचित्रको परिभाषा बदलेको र अहिले निर्माताहरूको हितमा लडाइँ लडेको भन्दै उनी धन्यवादका पात्र बनेका हुन् ।

नेपालमा चलचित्र ‘दिमाग खराब’ कार्तिक २४ गते रिलिज भएको थियो । यसको मध्य पूर्वी मुलुकहरूमा समेत प्रदर्शन भइरहेको छ । यस चलचित्रले दुई हप्तामा सात करोड व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu