दिनेश राउतले घोषणा गरे ‘पूजार सार्की’, चलचित्रको कथा के हो ?



काठमाडौँ। निर्देशक दिनेश राउतले नयाँ चलचित्र घोषणा गरेका छन्। आफ्नो सातौँ चलचित्रको रूपमा उनले बिहीबार ‘पूजार सार्की’ नामक चलचित्र घोषणा गरेका हुन्।

माघ पहिलो साता छायाङ्कनमा जाने यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। विकास र दिनेशको यो दोस्रो सहकार्य हो। यसअघि विकासले दिनेश निर्देशित ‘प्रकाश’ लेखेका थिए।

यसको शीर्षकबाट मन्दिरमा पूजा गराउने पूजारी र दलित समुदाय बिचको कथामा चलचित्र बन्न लागेको अनुमान गर्न सकिन्छ। लेखक सुवेदीले चलचित्रको शीर्षक प्रतिकात्मक रहेको प्रतिक्रिया दिए।

Director Dinesh Raut, Writer Bikash Subedi and Producer Subash Bhusal

‘पूजार सार्की’लाई सङ्गीतकार समेत रहेका सुभाष भुसालले निर्माण गर्दै छन्। एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन्।

भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश थियो। 

‘पूजार सार्की‘ किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu