काठमाडौँ।
नेपाली चलचित्र ‘सतीदेवी’को पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री मलिका महतलाई जुत्ताको माला लगाएको तस्बिर प्रयोग गर्दै तयार पारिएको पोस्टरमा महतलाई भिन्न लुक्समा प्रस्तुत गरिएको छ ।

लक्ष्मण सुवेदीद्वारा निर्देशित यस चलचित्रमा सुवेदी स्वयंको निर्माण, लेखन र गीत रचना रहेको छ । श्रीदेवी सुवेदी निर्माताको रूपमा छिन् । यसमा मलिकाका साथै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियशनले संयुक्त रूपमा निर्माण गरेको यस चलचित्रको प्रदर्शन मिति भने तोकिएको छैन ।