अभिनेता राज र सङ्गीतकार अर्जुनबिच पाँच भिडियोको सम्झौता



काठमाडौँ।
केही समय अघि अर्जुन पोखरेलको गीत ‘मेसो मिलाएर’ सुपर हिट भएपछि अभिनेता राज कटुवाल पनि चर्चामा आए । अन्य केही भिडियो र चलचित्रमा अभिनय गरेको भए तापनि सो म्युजिक भिडियो राजलाई चिनाउने म्युजिक भिडियो बन्यो । राजले सो भिडियोमा अभिनेत्री श्रद्धा क्षेत्रीसँग अभिनय गरेका थिए ।

यसैबिच सङ्गीतकार पोखरेलले कटुवालसँग पाँच वटा म्युजिक भिडियोको लागि लिखित सम्झौता गरेका छन् । सम्झौता अनुसार अर्जुनको कम्पनी द डिभाइन म्युजिकले तयार पार्ने पाँच वटा भिडियोमा राजले काम गर्नुपर्नेछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुवैले उत्साह व्यक्त गरेका छन् ।

डिभाइनको भिडियोमा काम गर्न पाउँदा आफू उत्साहित भएको राजले बताए । यस्तै, सङ्गीतकार पोखरेलले ‘मेसो मिलाएर’ गीत हिट भएपछि राजलाई दर्शकले अत्यधिक खोजेकाले आफूले सो सम्झौता गरेको बताए ।

राजले निर्माण गरिरहेको फिल्म ‘मायावी’को हाल छायाङ्कन भइरहेको छ । राज आफै नायक बनेर नयाँ फिल्ममा काम गर्ने तयारीमा समेत छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu