अविवाहित कमेडियन हिमेशलाई श्रीमती कुटेको आरोप



काठमाडौँ।
फरक फरक व्यक्तिको एउटै नाम, थर र पेसा जुधेपछि बेला बेलामा विभिन्न समस्याहरू आइपर्छन् । कहिले एक जना प्रहरीको खोजीमा पर्दा अर्कोलाई तनाव हुन्छ त कहिले कुनै दुर्घटना हुँदा नाम मिलेर आपत् खेप्नु पर्छ । तर, आज उल्लेख गर्न खोजेको प्रसङ्ग भने मात्र नाम मिल्दाको हो ।

केही दिनयता एक व्यक्तिले श्रीमती कुटेको भन्ने भिडियो भाइरल छ । ‘हिमेश’ नाम गरेका एक जना व्यक्तिकी श्रीमतीले आफूलाई कुटेको भन्दै एक महिलाको भिडियो भाइरल भएपछि चर्चित कमेडियन ‘हिमेश पन्त’लाई हुनुसम्म भएको छ ।

अति भएपछि पन्तले बुधवार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफ्नो बिहे नै नभएको बताएका छन् । उनले लेखेका छन्, “हिमेश नाम गरेको एक जना पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ । हिजो देखी मेरो इनबक्समा गालीका मेसेजहरू आइरहेका छन् । म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरा त मेरो बिहे नै भएको छैन । दोस्रो कुरा म कुनै पनि घरेलु हिंसालाई समर्थन गर्दिन । धन्यवाद ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu