गोवाको ‘फिल्म बजार’मा के गर्दैछन् भुवन केसी ?



काठमाडौँ।
भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन अफ इण्डिया (एनएफडीसी)ले नेपाली मिति अनुसार मङ्सिर ४ देखि ८ गतेसम्म भारतको गोवामा आयोजना गरेको ‘फिल्म बजार-२०२३’मा नेपालबाट चलचित्र विकास बोर्डले सहभागी जनाउँदैछ । त्यसको लागि बोर्ड अध्यक्ष भुवन केसी सोमबार त्यहाँ पुगेका छन् ।

बोर्डले विदेशमा नेपाली फिल्मको बजार खोजी गर्ने उद्देश्यले सो महोत्सवमा सहभागी हुन लागेको जनाएको छ । अध्यक्ष केसीले त्यसतर्फ जानुअघि पहिलो पटक बोर्डले कुनै विदेशी चलचित्र बजारमा स्टल खडा गरेरै नेपाली फिल्मको बजार प्रवर्द्धनको काम थालेको बताए ।

भारतमा नेपाली चलचित्रको बजार खोजी र नेपालमा विदेशी चलचित्रको छायाङ्कन कसरी गर्न सकिन्छ भनेर अध्ययन, अनुसन्धान तथा सम्भावनाको खोजीको लागि बोर्डले समय खर्च गरिरहेको बताइएको छ । सो महोत्सवमा ‘फिल्म डेस्टिनेसन इन नेपाल’ नामक श्रव्य दृश्य सामग्री प्रदर्शन तथा नेपालबारे जानकारी दिने विभिन्न पुस्तक प्रदर्शनी पनि हुनेछ । साथै, विदेशी चलचित्र निर्मातासँग अन्तरक्रिया कार्यक्रम समेत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu