दिवङ्गत गायक रबिन तामाङको सम्झनामा साङ्गीतिक कार्यक्रम हुने



काठमाडौँ।
‘रबिन एण्ड द न्यु रिभोल्युसन’ ब्याण्डले काठमाडौँमा साङ्गीतिक प्रस्तुति गर्ने भएको छ । दिवङ्गत कलाकार, सङ्गीतकार तथा गायक रबिन तामाङको सम्झनामा रबिनकै उक्त ब्याण्डले पहिलो पटक साङ्गीतिक प्रस्तुति दिन लागेको हो ।

आगामी शुक्रवार दरबारमार्ग स्थित क्लब प्लेटिनममा हुन लागेको कार्यक्रममा साङ्गीतिक ब्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा एक्सिसले नेपाल टुर अन्तर्गत काठमाडौँमा पहिलो पटक ‘एक्सिस लाइभ इन काठमाडौँ’ मार्फत आफ्नो गीत सुनाउन लागेको हो ।

ब्याण्डले कार्यक्रममा आफ्ना चर्चित गीतहरू ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुन्द्र पारी’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ । कार्यक्रममा रबिन एण्ड द न्यु रिभोल्युसनका सदस्यहरूसँग मिलेर अन्य गायकहरूले ‘नेपाल’, ‘भुलमा भुल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायतका गीत पनि सुनाउनेछन् ।

गायक रबिनको गत जुलाई ४ मा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu