निर्माता तथा कलाकार किरण नेपाली सडक दुर्घटनामा परी घाइते



काठमाडौँ।
नेपाली चलचित्रका निर्माता तथा कलाकार किरण नेपाली सडक दुर्घटनामा परी घाइते भएका छन् । व्यक्तिगत कामले सिन्धुली पुगेर काठमाडौँ फर्किने क्रममा आइतबार साँझ ५ बजे सिन्धुलीको चौकिटारमा उनी सवार कार दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी नेपालीको ढाडमा चोट लागेको छ । हाल उनको नेशनल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोमबार चिकित्सकले थप परीक्षण गरेपछि सर्जरी गर्नु पर्ने या नपर्ने यकिन हुने नेपालीले बताए ।

नेपालीको निजी कार उनका व्यावसायिक साझेदार राजु थापा मगरले चलाइरहेका थिए । राजु भने सामान्य उपचारपछि घर फर्किसकेका छन् । दुर्घटना पछि मगर र नेपालीलाई राती ९ बजे एम्बुलेन्समार्फत ट्रमा सेन्टर पुर्‍याइएको थियो ।

बनाइरहेको बाटोमा ढुङ्गा छल्ने क्रममा कार सडकबाट ५० मिटर तल खसेको निर्माता नेपालीले बताए । दुर्घटनाबाट कारमा पनि ठुलो क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu