तेस्रो आइर्वाट फिल्म फेस्टिभल आयोजना हुने



काठमाडौँ।
रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एण्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले इन्टरनेशनल वुमेन फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यही मङ्सिर ९ गते हुने फेस्टिभलबारे जानकारी गराइएको छ ।

आइवार्टले महिला फिल्ममेकरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गर्न लागेको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन् । चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा आयोजना हुने सो फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्रकर्मीहरूको सहभागिता रहनेछ । सोही दिन नेपाली लघु चलचित्र प्रतियोगिताको समेत आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपाली चलचित्र क्षेत्रमा रहेका रचनात्मक र सृजनशील महिलाहरू विविध कारणले पछाडि परेको कारण उनीहरूलाई प्रोत्साहन गर्न फेस्टिभल आयोजना गर्न लागिएको फेस्टिभल निर्देशक सङ्गीता श्रेष्ठले जानकारी दिइन् । यस पटकको फेस्टिभल तेस्रो संस्करणको फेस्टिभल हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu