गायिका कोमल ओलीकी आमाको निधन



काठमाडौँ।
गायिका तथा नेतृ कोमल ओलीकी आमा दीपा ओलीको निधन भएको छ । केही समयअगाडि देखि बिरामी ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा शनिवार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको हो ।

उनी हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन् । गीतकार समेत रहेकी ओलीले सङ्कलन गरेको ‘मलमल किरी जुनकिरी’ बोलको गीत चर्चित छ । छोरी कोमल वलीले गाएको यो गीतसहित दीपाका करिब दुई दर्जन गीत रेकर्ड भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu