मध्यपूर्वमा ‘दिमाग खराब’को उत्साह



काठमाडौँ।
नेपाल रिलिजको दोस्रो हप्ता यो शुक्रवार नेपाली चलचित्र ‘दिमाग खराब’ मध्यपूर्वका विभिन्न देशमा रिलिज भएको छ । युएई, बहराइन र कतारमा रिलिज भएको यो चलचित्रले त्यस क्षेत्रमा पनि उत्साहजनक व्यापार गरेको बताइएको छ ।

त्यहाँका वितरकका अनुसार यो चलचित्रले युएईमा १७, कतारमा १५ र बहराइनमा ७ शो पाएको छ । पहिलो दिन तीन वटै देशमा उत्साहजनक व्यापार भएको बताइएको छ । निश्चल बस्नेत निर्देशित यस चलचित्र पहिलो दिन धेरैजसो शो हाउसफुल रहेको जानकारी प्राप्त छ ।

खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की लगायतको अभिनय रहेको यो चलचित्र अर्को हप्तादेखि सिंगापुर, मलेसिया, ओमान, कुवेत र इराकमा समेत रिलिज हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu